Monlam
picture
picture
picture
picture
picture

News & Events / Press Releases

चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने।

चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने। किन आवस्यक छ ङिङमा मोन्लाम ?
भगवान बुद्धले सम्पुर्ण प्राणीको हितार्थ उपदेस दिनु भएका शिक्षाहरुको महत्व आजको बैज्ञानिक युगमा पनि दिनानुदिन बढ्दै गै रहेको छ। यस संसारमा सम्पुर्ण प्राणीहरु सुख चहाने र दु;ख नचाहने मात्र भए ता पनि सुख साध्यको हेतु कुशल कर्म र दु:खको हेतु अकुशल कर्मद्वारा हुने कुरा अज्ञानवश नबुझेको कर्मफल र पुनर्जन्ममा विस्वास नभएको कारणले क्षणिक लाभको लागी राग,द्वेग र मोहवश प्राणी हिंसा गर्ने देखी लिएर बिभिन्न प्रकारका पाप कर्म गर्नाले जीवनमा चाहेको सुख र अनचाह दु:ख सधै आई रहन्छ। त्यसैले ... Read More


खेन्पो साङग्या राङज्युङ रिन्पोछे पुन: अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा 'गोपरमा' नेपाल बौद्ध महासंघका तेस्रो अधिबेशन हालै एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बौद्ध स्थित हायत रिजेन्सी

होटेलका सभा हलमा भएको यस कार्यक्रमका प्रमुख अतिथी दुद्ज्योम् याङसी रिन्पोछे (दुद्ज्योम टुल्कु) हुनुहुन्थ्यो। ङिङमा संघको तेस्रो अधिबेसनको अतिथीहरुमा नेपाल शेर्पा संघका भु पु अध्यक्ष क्रिपा सुर शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बौद्ध घ्याङगुठिका सचिव सम्पुर्ण लामा, गुम्बा बिकास समितीका अध्यक्ष खेन्पो ङिमा दोर्जे लामा,शेर्पा सेवा केन्द्र गोन्पाका भु पु अध्यक्ष देण्दी शेर्पा,च्यारुङ खस्योर युल्तेङ शेर्पा युवा कल्बका अध्यक्ष फरा देण्डी शेर्पा, खेन्पो ङवाङ ओसेर लामा, थुपतेन लामा लगायत बिभिन्न संघ सांस्थाको प्रतिनिधीहरुको आसन ग्रहाण रहेको थियो। संघका अध्यक्ष खेन्पो साङग्या राङज्युङ रिन्पोछेको सभापतित्वमा भएको यस कार्यक्रममा बिभिन्न ... Read More


किन आवस्यक छ ङिङमा मोन्लाम ? भगवान बुद्धले सम्पुर्ण प्राणीको हितार्थ उपदेस दिनु भएका शिक्षाहरुको महत्व आजको बैज्ञानिक युगमा पनि दिनानुदिन बढ्दै गै रहेको छ ।


यस संसारमा सम्पुर्ण प्राणीहरु सुख चहाने र दु;ख नचाहने मात्र भए ता पनि सुख साध्यको हेतु कुशल कर्म र दु:खको हेतु अकुशल कर्मद्वारा हुने कुरा अज्ञानवश नबुझेको कर्मफल र पुनर्जन्ममा विस्वास नभएको कारणले क्षणिक लाभको लागी राग,द्वेग र मोहवश प्राणी हिंसा गर्ने देखी लिएर बिभिन्न प्रकारका पाप कर्म गर्नाले जीवनमा चाहेको सुख र अनचाह दु:ख सधै आई रहन्छ। त्यसैले यी बिभिन्न प्रकारका
पाप कर्मबाट कसरी छुटकारा पाउन सकिन्छ त्यसको बिषयमा मार्ग निर्देसन गर्ने सही मार्ग दर्शक नै शाक्या मुनि बुद्ध भएकोले वहाँले देखाएका मार्गमा प्रबेश गर्नका लागी त्रिपिटकको अध्यान ... Read More


बौद्धमा ङिङमा मोन्लाम (प्राणीधान पाठ) शुरु, नेपाल बौद्ध माहासंघको आयोजनामा तेस्रो ङिङमा मोन्लाम शुरु भएको छ।

मोनलाममा भाग लिन भारतबाट ङिङमापाका धर्म गुरु दुद्ज्योम याङसी रिन्पोछे,याङथाङ रिन्पोछे,नामखा रिन्पोछे,खेन्पो रिगजिन्,खेन्पो साङग्य राङज्युङ रिन्पोछे लगायतको महत्वपुर्ण धर्मगुरु आउनु भएको छ। ङ्यिङमा मोनलाममा भाग लिन हजारौ बौद्ध धर्मवल्म्वीहरुको उपास्थित रहे पनि अब चाँढै भारतको बोधगयामा शुरु हुन गैरहेको 'काल चक्र' अभिशेकमा भाग लिन धेरै जसो ब्याक्तिहरु त्यस तर्फ लागेको र केहि दिन अघि मात्र बौद्ध धर्मको महत्वपुर्ण धर्मगुरु तथा बौद्ध
बिद्ध्वान दुङसे ठिन्लेन नोर्बु रिन्पोछेको अमेरिकामा महापरिनिर्वान हुनु भएको र अर्को महा धर्म गुरु रलु रिन्पोछेको पनि केहि समय अघि मात्र देवासन हुनु भएको कारणले धेरै जसो लामा धर्मगुरुहरु ... Read More


ङ्यिङमा मोन्लाममा निमण्त्रणा

ङ्यिङमा मोन्लाममा निमण्त्रणा

... Read More

विशेष पूजाका साथ चार दिने ङिङ्ग्मा मोन्लम सम्पन्न, महायान बौद्ध परम्परा अनुसार गुरु पद्म सम्भ्वालाई द्वितीय बुद्ध एवं बौद्ध धर्मका संरक्षक मानिन्ने भएको हुँदा हरेक महिनाको दशमीलाई हिमाली बौद्ध परम्परामा विशेष महत्त्व दिएको पाइन्छ ।

यसै अवसरमा नेपाल बौद्ध ङिङ्ग्मा संघद्वारा आयोजित चार दिने पाठपूजा (मोन्लम ) यसै पुण्य तिथिका दिन विशेष पूजाका साथ सम्पन्न भयो। विश्वशान्ति, लोककल्याण एवं सन् २०११ को नेपाल पर्यटन वर्षलाई सफल पर्नका साथै नेपाल बुद्धको जन्मभूमि भए पनि बुद्धका वचनहरुलाई जनसमुदाय सम्म पुर्याउन नसकेको कारणले आज देशमा अशान्ति, त्रास, लुटपाट आदि अधार्मिक कार्यहरु दिन प्रतिदिन बढी रहेको आधुनिक युगमा बुद्ध वचनलाई जनसमुदाय समक्ष पुर्याउनका निमित्त यस पूजाको आयोजन गरेका हुन्। पूजा बिहान ७ बजे देखि सुरु भई बेलुका ४ बजे सम्पन्न भएको थियो संघका उपाध्यक्ष सेंटक टुल्कु रिन्पोक्षेका अनुसार गोंपाहरुका प्रतिनिधिहरुले ... Read More


काठमाडौं बौद्ध नाथमा चार दिने ङिङ्ग्मा मोन्लम सुरु । प्राचीनकाल देखिनै संघहरु एकत्र भई त्रिपिटक वचन गर्ने परम्परा भएको हुदा जुन प्रकारले बौद्ध धर्मको विकास हुदै आएको छ ।

त्यसै अनुरुप हाल विभिन्न देशहरुमा पनि त्रिपिटक एवं बौद्ध धर्मका संरक्षक गुरु पद्म सम्भवका सप्त परिच्छेद, आर्य भद्र चर्या प्रनिधान राजा, आर्य मन्जुश्री नाम सांगीति, तारा स्तुति आदिको पाठपूजा गर्ने परम्परा चल्दै आएको छ ।
बुद्ध सबै प्रकारका क्लेशहरुबाट मुक्त भएको हुनले


उहाका उपदेशहरुलाई पाठपुजाका साथै आत्मसात गर्न सके सुख, शान्ति एवं पुण्य सम्भार सम्पन्न हुने छ। यस प्रकारका पुण्यले वर्तमानमा मात्र नभई बौद्ध धर्म कर्मफललाई विश्वास गर्ने भएको हुनले अर्को जन्ममा पनि सुख, शान्ति प्राप्त हुने विश्वास गरिन्छ। उक्त त्रिपिटक वचन परम्परालाई निरन्तरता दिनुको साथै विश्व शान्ति एवं पर्यटक वर्ष ... Read More