Monlam
picture
picture
picture
picture
picture

News & Events / Press Releases

पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु

विश्व प्रसिद्ध बौद्धहरुको महान्तीर्थस्थल, विश्वसम्पदामा सूचिकृत बौद्धनाथ छोर्तेनज्यरुङखशोरमा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा आज पौष शुक्ल पक्ष दशमी दखि पुर्णिमा सम्म पाँच दिने छैठौं नेपाल ञिङमा मोन्लाम कार्यक्रम शुरु भएकोछ।नेपाल बौद्ध ञिङमा संघले २०६६ साल देखि वार्षिक रुपमा पवित्रस्थल बौद्धनाथमा यो कार्यक्रम आयोजना गर्दै आएको छ। शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धिफैलाउन, नेपालमा रहेका बौद्ध तीर्थहरुको प्रचार प्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि आयोजना गरिएको सो कार्यक्रम दैनिक विहान ७ः३० देखि अपह्रान ... Read More


विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न

5th Annual

काठमाडौं माग–१
गत पुस २६ गते शुरू भएकोे पाँचौं नेपाल बौद्ध ञिङमा मोन्लम आज पुर्णिमाको दिन विशेष पूजाका साथ सुसम्पन्न भएको छ । बौद्धहरूको महान् तीर्थस्थल बौद्धनाथ (छोर्तेन च्यरूङ खशोर) आयोजना गरिएको उक्त मोन्लम कार्यक्रममा विभिन्न जिल्लामा रहेका गोन्पाहरूबाट श्रमणेर श्रमेणेरिका, भिक्षु संघ र बौद्ध समाजका सम्मानित परम पुज्य खेन्चे याङसी रिन्पोछे, परम पुज्य छोक्लिङ रिन्पोछे, परम पुज्य नम्खा रिन्पोछे, परम पुज्य जोङनाङ याङसी रिन्पोछे, परम पुज्य खेन्पो रिग्जीन रिन्पोछे, परम पुज्य टुल्कु पेमा थरछिन रिन्पोछे, परम पुज्य ङावाङ तेन्जीन साङ्पो रिन्पोछे, परम पुज्य खेन्पो साङ्गे रङ्ज्युङ रिन्पोछे ज्यूहरूको उपस्थिति रहेका ... Read More


पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ

ञिङमा परम्पराका परिचय
शान्तिका महानायक भगवान् शक्यमुनि बुद्धले महायान परम्परा अनुसार बुद्धत्व अर्थात् बोधिज्ञान प्राप्त पश्चात् पहिलो वाराणसी, दोस्रो (विहारको) गृधकुट र तेस्रो वैशालीमा गरी तीन पटक धर्म प्रवचन गर्नु भएको थियो । विभिन्न कालमा उपदेश गर्नु भएका अनुसार बुद्धको महापरिनिर्वाण पश्चात् बौद्ध धर्म, सिद्धान्तको आधारमा वैभाषिक, सौतान्त्रिक, विज्ञानबाद


र माध्यमिक गरी चार भागमा विभाजन भएको थियो । सातौं शताब्दीको अन्तमा भारतका आचार्य शान्त रक्षित, आचार्य पद्मसम्भव र भोट देशका राजा ठिसोङ देउचेन तीन जनाको सद् प्रयासले भोट देशमा महायान बौद्ध धर्मको आधिकारीक रूपमा स्थापना गरिएको थियो ।
तत्पश्चात् भोट ... Read More


नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी

भाषाका कक्षाहरु संचालन गरिने भएको छ । भाषा सिक्न चहाने इच्छुक ब्यक्तिहरुले निम्न मिति र स्थानमा उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
स्थान: चावहिल चुचेपाटी जिप छिरिङ लामाको पुरानो घरमा
समय: नेपाली कक्षा बिहान र अङ्ग्रेजी बेलुकी ५ देखी ७ बजे सम्म

खेन्पो ङवाङ लुडुप
महासचिव
नेपाल ङिङमा संघ
contact: 9818216473,

... Read More

निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ


भने उपत्यका बाहिर सम्बन्धित शैक्षिक साँस्थनहरुले निबेदन दिएको खण्डमा निशुल्क बितरण गरिने ब्यहोर जानकारी गराईन्छ।


खेन्पो ङवाङ लुडुप
महासचिव
नेपाल ङिङमा संघ
contact: 9818216473, 9818216474

... Read More

पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ ।

यही मे महिनाको २३ र २४ तारिकका दिन बौद्ध शेक्षेन गोन्पामा शुरु हुन गैरहेको यो महान पुण्य कार्यमा सहभागी हुन नेपाल बौद्ध महासंघ सँग आवद्ध समपुर्ण संघ साँस्थाहरुलाई यसै सुचना मार्फत सुचित गरिन्छ।

प्रयोजक:-
नेपाल निङमा संघ, काठमण्डौ

... Read More

बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै

नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि हजारौं धर्म गुरु तथा भिक्षुहरुको उस्थितिमा ञिङमा मोन्लम पूजा शुरु भएको छ । बौद्ध धर्म पुनर्जन्म र कर्मफललाई विश्वास गर्ने भएकोले आफुले प्राप्त गरिएको अमूल्य जीवनलाई सदुपायोग गरी सर्वजन हिताय, सर्वजन सुखायको निम्ति बुद्धको उपदेशलाई पाठपूजा गर्नका साथै आत्मसात गर्ने गर्दछन् । जुन प्रकारले बौद्ध धर्मको विकास हुर्दै आएको छ त्यसै अनुरुप प्राचीन कालदेखिनै संघहरु एकत्र भई बुद्ध वचनलाई पाठ गर्ने परम्परा चल्दै आएको देखिन्छ । भगवान् शाक्यमुनि बुद्ध सबै प्रकारका क्लेशहरुबाट मुक्त भएको हुनले उहाँका उपदेश पाठ गरी आत्मसात गर्न सके सुख, शान्ति एवं ... Read More