News & Events

पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु

विश्व प्रसिद्ध बौद्धहरुको महान्तीर्थस्थल, विश्वसम्पदामा सूचिकृत बौद्धनाथ छोर्तेनज्यरुङखशोरमा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा आज पौष शुक्ल पक्ष दशमी दखि पुर्णिमा सम्म पाँच दिने छैठौं नेपाल ञिङमा मोन्लाम कार्यक्रम शुरु भएकोछ।नेपाल बौद्ध ञिङमा संघले २०६६ साल देखि वार्षिक रुपमा पवित्रस्थल बौद्धनाथमा यो कार्यक्रम आयोजना गर्दै आएको छ। शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धिफैलाउन, नेपालमा रहेका बौद्ध तीर्थहरुको प्रचार प्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि आयोजना गरिएको सो कार्यक्रम दैनिक विहान ७ः३० देखि अपह्रान ४ बजेसम्म हुने गर्दछ।पाठपूजा कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार विहान शरणगमन, बोधिचित्तउत्पाद, प्रज्ञापरामिताहृदयसूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्याप्रनिधानराजा, आर्य मञ्जुश्रीनामसांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिन्छ।उक्त पाठपूजा मोन्लम कार्यक्रममा विशिष्ठ अतिथिपरमपूज्य मुक्साङ टुक्लु रिन्पोछे, परमपूज्य नम्खा रिन्पोछे, परमपूज्य तेङबोछे रिन्पोछे, परमपूज्य पेमाथरछिन रिन्पोछे, परमपूज्य खेन्पो साङ्गेराङ्ज्युङ रिन्पोछे आदिको साथै नेपालमा रहेका विभिन्न जिल्लका गोन्पाहरुबाट हजारौं बौद्धभिक्षु, श्रमणेर, श्रमणेरिकाहरुको साथै उपसक, उपसिकाहरुको व्यापक उपस्थिति रहेका छन्।

https://www.facebook.com/www.nbna.org.np


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने। खेन्पो साङग्या राङज्युङ रिन्पोछे पुन: अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा 'गोपरमा' नेपाल बौद्ध महासंघका तेस्रो अधिबेशन हालै एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बौद्ध स्थित हायत रिजेन्सी