News & Events

खेन्पो साङग्या राङज्युङ रिन्पोछे पुन: अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा 'गोपरमा' नेपाल बौद्ध महासंघका तेस्रो अधिबेशन हालै एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बौद्ध स्थित हायत रिजेन्सी

होटेलका सभा हलमा भएको यस कार्यक्रमका प्रमुख अतिथी दुद्ज्योम् याङसी रिन्पोछे (दुद्ज्योम टुल्कु) हुनुहुन्थ्यो। ङिङमा संघको तेस्रो अधिबेसनको अतिथीहरुमा नेपाल शेर्पा संघका भु पु अध्यक्ष क्रिपा सुर शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बौद्ध घ्याङगुठिका सचिव सम्पुर्ण लामा, गुम्बा बिकास समितीका अध्यक्ष खेन्पो ङिमा दोर्जे लामा,शेर्पा सेवा केन्द्र गोन्पाका भु पु अध्यक्ष देण्दी शेर्पा,च्यारुङ खस्योर युल्तेङ शेर्पा युवा कल्बका अध्यक्ष फरा देण्डी शेर्पा, खेन्पो ङवाङ ओसेर लामा, थुपतेन लामा लगायत बिभिन्न संघ सांस्थाको प्रतिनिधीहरुको आसन ग्रहाण रहेको थियो। संघका अध्यक्ष खेन्पो साङग्या राङज्युङ रिन्पोछेको सभापतित्वमा भएको यस कार्यक्रममा बिभिन्न गोन्पाको प्रतिनिधीहरु लगायत शेर्पा ब्याक्तित्वहरुको उपास्थिती रहेको थियो।
बौद्ध धर्ममा एक प्राचिन र महत्वपुर्न सम्प्रदायको प्रतिनिधित्व गर्दै आएको नेपाल बौद्ध ङिङमा संघ स्थापना कालदेखीनै बिभिन्न उपलब्धिमुलक र महत्वपुर्ण कार्यहरु गर्दै आएका छन भने बिगत तीन बर्षदेखी प्रत्येक बर्ष प्रसिद्ध बौद्ध स्तुपा च्यारुङ खास्योर छ्योर्तेन परिसरमा संघकै अघुवाईमा ङिङमा मोन्लाम (प्राणीधान पाठ) गर्दै आई रहेको छ।
त्यसै गरि नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्र अन्तर्गतको गोन्पा शिक्षाको बिकास र प्रबद्धनमा नेपाल ङिङमा संघको महत्वपुर्ण योगदान रहँदै आएको छ।
खेन्पो ङावाङ थेगच्योग शेर्पाको स्वागत मन्तब्य संगै शुरु भएको यस कार्यक्रममा केहि दिन अघि सम्पन्न ङिङमा मोनलाममा बिषेस सहायोग गर्ने संघ साँस्थाहरुलाई प्रमुख अतिथी दुउद्ज्योम याङसी रिन्पोछेज्युवाट कदर पत्र बितरण गर्नु भएको थियो। कदरपत्र लिनेहरु बौद्ध घ्याङगुठि,च्यारुङखस्योर युल्तेङ युवा ल्कव, नेपाल ह्योल्मो संघ,नेपाल ह्योल्मो महिला संघ,शेर्पा सेवा केन्द्र गोन्पा,शान्ती बिधालय लगायतका थिए।
कार्यक्रममा बिभिन्न बक्तहरुले ङिङमा संघले बिगत देखि बर्तमान सम्मा गरेका बिभिन्न योगदानहरुको बारेमा प्रष्ट पारेका थिए भने ङिङमा संघ एक बिशुद्द धार्मिक साँस्था मात्र भएको प्रष्ट पारेका थिए।
दोस्रो चरणमा बन्द सत्रको कार्यक्रम अन्तर्गत नेपाल शेर्पा संघका भु पु अध्यक्ष क्रिपा सुर शेर्पाको अध्यक्षतामा गठित निर्वाचन मण्डलले खेन्पो साङग्य राङज्युङ रिन्पोछेको अध्यक्षतामा एघारा सद्स्यिय कार्यसमिती चयन भएको छ।
अध्यक्ष : खेन्पो साङग्या राङज्युङ रिन्पोछे
उपाध्यक्ष: निमा तेन्जी शेर्पा (सेङ्डा टुल्कु रिन्पोछे), महा सचिवमा फुरागेली शेर्पा,मिङमा नोर्बु शेर्पा कोषाध्यक्ष र सद्स्यहरुमा दोर्जी शेर्पा, फुर्वा शेर्पा,च्यावा तामङ लामा, कार्मा छिरिङ टासी लामा, खेन्पो ङावाङ दोर्जे शेर्पा, ङावाङ छ्योफेल लामा,पेमा लामा हुनुहुन्छ।
नवनिर्वाचित कार्य समितीका सद्स्यहरुलाई उपास्थित् सबैजनाले हार्दिक बधाई सहित कार्यसफलताको कामना गर्दै खाता लगाई दिएका थिए।
नव निर्वाचित अध्यक्षको हैसियतले अध्यक्ष खेन्पो साङग्या राङज्युङ रिन्पोछेज्युले अबको तीन बर्षको कार्य अवधी भित्र थप जिम्मेवारको महसुस गर्दै देशको बिभिन्न स्थानहरुमा ङिङमा केन्द्रको शाखालाई बिस्तार गर्ने, बुद्धको ज्ञान र उपदेशलाई अझ प्रचार गर्नको लागी बिभिन्न शिक्षकहरुलाई तालीम दिएर सम्बन्धित केन्द्रहरुमा पठाउने, ङिङमा मोन्लाम प्राणीधान पाठलाई निरन्तर दिने, लोपेन खेन्बोहरुलाई नेपाली र अङ्ग्रेजी भाषाको तालिमहरु समेत दिने लक्षलाई महत्वका साथ अघि बढाउने बताउनु भयो।
जलपान सहित कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ।


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने।