News & Events

किन आवस्यक छ ङिङमा मोन्लाम ? भगवान बुद्धले सम्पुर्ण प्राणीको हितार्थ उपदेस दिनु भएका शिक्षाहरुको महत्व आजको बैज्ञानिक युगमा पनि दिनानुदिन बढ्दै गै रहेको छ ।


यस संसारमा सम्पुर्ण प्राणीहरु सुख चहाने र दु;ख नचाहने मात्र भए ता पनि सुख साध्यको हेतु कुशल कर्म र दु:खको हेतु अकुशल कर्मद्वारा हुने कुरा अज्ञानवश नबुझेको कर्मफल र पुनर्जन्ममा विस्वास नभएको कारणले क्षणिक लाभको लागी राग,द्वेग र मोहवश प्राणी हिंसा गर्ने देखी लिएर बिभिन्न प्रकारका पाप कर्म गर्नाले जीवनमा चाहेको सुख र अनचाह दु:ख सधै आई रहन्छ। त्यसैले यी बिभिन्न प्रकारका
पाप कर्मबाट कसरी छुटकारा पाउन सकिन्छ त्यसको बिषयमा मार्ग निर्देसन गर्ने सही मार्ग दर्शक नै शाक्या मुनि बुद्ध भएकोले वहाँले देखाएका मार्गमा प्रबेश गर्नका लागी त्रिपिटकको अध्यान गर्दै त्रिशिक्षाको अभ्यास गर्नु अति नै महत्वपुर्ण देखिन्छ। बुद्ध बन्नको लागी सबै प्रकारको क्लेसहरुबाट मुक्त हुनु पर्दछ। सबै क्लेशहरु क्लेशावरण र ज्ञानवरणमा समेटिन्छ। यि दुई आवरणबाट मुक्त हुनको लागी पुण्य र ज्ञान सम्भारको संचय गर्नु पर्दछ। यी दुई सम्भार पुर्ण गर्नको लागी बिभिन्न प्रकारको उपायहरु मध्ये पुण्य सम्भार पुर्न गर्नको लागी गरिने कुशल कार्यहरु मध्ये प्राणीधान (मोन्लाम) पाठ गर्नु पर्दछ। अत: प्राणीधानको अत्यान्त ठुलो महत्व राखदै आएको छ।धेरै दुर्लभ यो मानव शरिरको हामीले सहि सदुपायोग गर्न सकिएन भने फेरी यस प्रकारको मानव शरीर पाउन अत्यान्त कठिन भएको कुरा बौद्ध शास्त्रमा उल्लेख गरिएको छ। प्राचीनकालमा बौद्धनाथ (च्यारुङ खस्योर) को निर्माण कार्य सम्पन्न भए पछि प्राणीधान गरेको बलले आठऔ शताब्धी तिर तिब्बतमा राजा ठिस्रोङ दिउचेन, भारतमा आचार्य शान्तरक्षित र आचार्य पद्म सम्भवको जन्म भै तिनै जनाको सहकार्यमा तिब्बतमा बौद्ध धर्मको शासन स्थापना गरि लाखौ असिक्षित मानिसहरुलाई शिक्षाको प्रकास दिएका थिए। जसले नेपालमा जन्मनु भएको शाक्य मुनी बुद्धको शासनलाई सुरक्षित राखी लोक हितको कार्य गर्न र समाजमा बिधामान बिसंगति तथा बिक्रितीहरुलाई हटाउदै हिंसरहित समाज निर्माण गर्न सजिलू सजिलो होस भन्ने हेतुले नेपाल बौद्ध ङिङमा संघले तेस्रो ङिङमा मोनलाम शुरु गरेको हो।


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने।