News & Events

विशेष पूजाका साथ चार दिने ङिङ्ग्मा मोन्लम सम्पन्न, महायान बौद्ध परम्परा अनुसार गुरु पद्म सम्भ्वालाई द्वितीय बुद्ध एवं बौद्ध धर्मका संरक्षक मानिन्ने भएको हुँदा हरेक महिनाको दशमीलाई हिमाली बौद्ध परम्परामा विशेष महत्त्व दिएको पाइन्छ ।

यसै अवसरमा नेपाल बौद्ध ङिङ्ग्मा संघद्वारा आयोजित चार दिने पाठपूजा (मोन्लम ) यसै पुण्य तिथिका दिन विशेष पूजाका साथ सम्पन्न भयो। विश्वशान्ति, लोककल्याण एवं सन् २०११ को नेपाल पर्यटन वर्षलाई सफल पर्नका साथै नेपाल बुद्धको जन्मभूमि भए पनि बुद्धका वचनहरुलाई जनसमुदाय सम्म पुर्याउन नसकेको कारणले आज देशमा अशान्ति, त्रास, लुटपाट आदि अधार्मिक कार्यहरु दिन प्रतिदिन बढी रहेको आधुनिक युगमा बुद्ध वचनलाई जनसमुदाय समक्ष पुर्याउनका निमित्त यस पूजाको आयोजन गरेका हुन्। पूजा बिहान ७ बजे देखि सुरु भई बेलुका ४ बजे सम्पन्न भएको थियो संघका उपाध्यक्ष सेंटक टुल्कु रिन्पोक्षेका अनुसार गोंपाहरुका प्रतिनिधिहरुले अनुरोध गर्नु भएका अनुसार भविष्यमा यस पाठपूजालाई अझ ७ देखि १० दिन सम्म आयोजन गर्ने जानकारीका दिनु भयो।
पूजाका समाप्ति पश्चात शेर्पा सेवा केन्द्रमा संघका अध्यक्ष परम पुज्य खेन्पो सांग्ये रांजुङ रिन्पोछे ज्यूबाट पाठपूजामा सहयोग गर्नु स्वयं सेवक एवं धनदाताहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो। उहाँले धन्यवादका साथै यस प्रकारका पुण्य कार्यले सुख, शान्ति, दीर्घायु एवं आपसी सद्भाव बढाने मन्तव्य राख्नु हुदै भविष्यमा पनि यस्ता पुण्य कार्यलाई निरन्तरता दिना अनुरोध व्यक्त गर्नु भयो। यस पूजाको अवसरमा संघद्वारा 'नेपाल ङिङ्ग्मा दर्पण' नामक स्मारिका पनि प्रकाशन गरिएको थियो।

आचार्य सार्की शेर्पा


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने।