News & Events

काठमाडौं बौद्ध नाथमा चार दिने ङिङ्ग्मा मोन्लम सुरु । प्राचीनकाल देखिनै संघहरु एकत्र भई त्रिपिटक वचन गर्ने परम्परा भएको हुदा जुन प्रकारले बौद्ध धर्मको विकास हुदै आएको छ ।

त्यसै अनुरुप हाल विभिन्न देशहरुमा पनि त्रिपिटक एवं बौद्ध धर्मका संरक्षक गुरु पद्म सम्भवका सप्त परिच्छेद, आर्य भद्र चर्या प्रनिधान राजा, आर्य मन्जुश्री नाम सांगीति, तारा स्तुति आदिको पाठपूजा गर्ने परम्परा चल्दै आएको छ ।
बुद्ध सबै प्रकारका क्लेशहरुबाट मुक्त भएको हुनले


उहाका उपदेशहरुलाई पाठपुजाका साथै आत्मसात गर्न सके सुख, शान्ति एवं पुण्य सम्भार सम्पन्न हुने छ। यस प्रकारका पुण्यले वर्तमानमा मात्र नभई बौद्ध धर्म कर्मफललाई विश्वास गर्ने भएको हुनले अर्को जन्ममा पनि सुख, शान्ति प्राप्त हुने विश्वास गरिन्छ। उक्त त्रिपिटक वचन परम्परालाई निरन्तरता दिनुको साथै विश्व शान्ति एवं पर्यटक वर्ष २०११ लाई लक्षित गरि विशुद्ध नेपाल बौद्ध ङिङ्ग्मा संघद्वारा विश्व प्रख्यात बौद्ध नाथ “ज्यरुङ खशोर” मा वार्षिक रुपमा पाठपूजा मोन्लम आयोजन गरिंदै आएको छ। संघका महासचिव आचार्य नुर्बु शेर्पाका अनुसार सन् २००९ मा तीन दिन र यस वर्ष चार दिन पाठपूजा मोन्लम” आयोजन गरेकोमा पूर्व वर्षको तुलनामा यस वर्ष भिक्षु-भिक्षुणीहरुका सहभागितामा वृद्धि भएको र विभिन्न गोन्पाका प्रतिनिधिहरुले यस पाठपूजा मोन्लमलाई निरन्तरता दिनुको साथै अझ ७ देखि १० दिन सम्म गर्न अनुरोध गर्नु भएको जानकारी दिनु भयो।

यस पाठपूजा “मोन्लम” मा पूर्व मेची देखि पश्चिमा महाकाली सम्मका विभिन्न समुदायका दुई हजार बौद्धमार्गीहरु सहभागिता थियो। पूजामा प्रमुख शिन्क्योंग रिन्पोछे, खेन्पो सांग्ये रांजुङ रिन्पोछे, विभिन्न गोन्पाका खेन्पो, लोपोन, लामा, भिक्षु-भिक्षुणीहरुका साथै गृहस्थीहरुले पनि सहभागिता जनाएका छन्। यस प्रकारका सहभागिताले अनेकतामा एकताको सन्देश दिइन्छ। तसर्थ यस प्रकारका पाठपूजा “मोन्लम” लाई निरन्तरता दिनसके हाम्रो समाज एकता हुनेमा कुनै दुई मत नहोला ।

आचार्य सार्की शेर्पा


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने।