News & Events

बौद्धमा ङिङमा मोन्लाम (प्राणीधान पाठ) शुरु, नेपाल बौद्ध माहासंघको आयोजनामा तेस्रो ङिङमा मोन्लाम शुरु भएको छ।

मोनलाममा भाग लिन भारतबाट ङिङमापाका धर्म गुरु दुद्ज्योम याङसी रिन्पोछे,याङथाङ रिन्पोछे,नामखा रिन्पोछे,खेन्पो रिगजिन्,खेन्पो साङग्य राङज्युङ रिन्पोछे लगायतको महत्वपुर्ण धर्मगुरु आउनु भएको छ। ङ्यिङमा मोनलाममा भाग लिन हजारौ बौद्ध धर्मवल्म्वीहरुको उपास्थित रहे पनि अब चाँढै भारतको बोधगयामा शुरु हुन गैरहेको 'काल चक्र' अभिशेकमा भाग लिन धेरै जसो ब्याक्तिहरु त्यस तर्फ लागेको र केहि दिन अघि मात्र बौद्ध धर्मको महत्वपुर्ण धर्मगुरु तथा बौद्ध
बिद्ध्वान दुङसे ठिन्लेन नोर्बु रिन्पोछेको अमेरिकामा महापरिनिर्वान हुनु भएको र अर्को महा धर्म गुरु रलु रिन्पोछेको पनि केहि समय अघि मात्र देवासन हुनु भएको कारणले धेरै जसो लामा धर्मगुरुहरु त्यसतर्फ भाग लिन गएको कारणले पनि यस बर्ष बिगत बर्षमा जस्तो मानिसहरुको उपास्थिती देखिएना। आज डिसेम्बर ३० बाट शुरु भएको यो मोन्लाम ५ दिन सम्मा संचालन हुने छ । यस मोनलाममा स्वायमसेवकको रुपमा बौद्ध स्थित शान्ती बिधालयका बिधार्थीहरुले सहायोग गरि रहेको छ।


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने।