News & Events

बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै

नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि हजारौं धर्म गुरु तथा भिक्षुहरुको उस्थितिमा ञिङमा मोन्लम पूजा शुरु भएको छ । बौद्ध धर्म पुनर्जन्म र कर्मफललाई विश्वास गर्ने भएकोले आफुले प्राप्त गरिएको अमूल्य जीवनलाई सदुपायोग गरी सर्वजन हिताय, सर्वजन सुखायको निम्ति बुद्धको उपदेशलाई पाठपूजा गर्नका साथै आत्मसात गर्ने गर्दछन् । जुन प्रकारले बौद्ध धर्मको विकास हुर्दै आएको छ त्यसै अनुरुप प्राचीन कालदेखिनै संघहरु एकत्र भई बुद्ध वचनलाई पाठ गर्ने परम्परा चल्दै आएको देखिन्छ । भगवान् शाक्यमुनि बुद्ध सबै प्रकारका क्लेशहरुबाट मुक्त भएको हुनले उहाँका उपदेश पाठ गरी आत्मसात गर्न सके सुख, शान्ति एवं सद्भाव सम्पन्न भई पुण्य सम्भार प्राप्त हुने र यस प्रकारको पुण्यले वर्तमानमा मात्र नभई अर्को जन्ममा पनि सुख, शान्ति प्राप्त हुने विश्वास गरिन्छ । उक्त उपदेश पाठ परम्परालाई निरन्तरता दिनुको साथै विश्व शान्ति तथा नेपालमा दिगो शान्ति स्थापना एवं हरेका वर्ष देशमा भई रहेको विभिन्न दुर्घटनाहरु कम होस् भन्ने कामना गर्दै नेपाल बौद्ध ञिङमा संघद्वारा वार्षिक रुपमा गरिन्दै मोन्लम यस वर्ष आजदेखि शुरु भई १३ गतेका दिन विशेष पूजाका साथ सम्पन्न गरिन्ने आयोजकले बताउनु भएको छ । मोन्लममा बौद्ध धर्मका संरक्षक आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मन्जुश्री नाम सांगीति, तारा स्तुति आदिको पाठपूजा विहान ७ः ३० देखि अपह्रान ४ बजेसम्म गर्नहुने बताउनु भएको छ ।
यस पाठपूजा मोन्लम कार्यक्रममा नेपालमा रहेका विभिन्न जिल्लमा रहेका गोन्पाहरुबाट बौद्धमार्गीहरुको साथै गृहस्थीहरुको पनि सहभागिता रहेका छन् । प्रमुख परम पूज्य ताग्लुङ चेटुल रिन्पोछे, परम पूज्य नम्खा रिन्पोछे, परम पूज्य तेङबोछे रिन्पोछे,टुल्कु ज्यम्फेल वाङपो रिन्पोछे, टुल्कु रिग्जीन पेमा, मर्गोन रिन्पोछे, टुल्कु पेमा थरछिन रिन्पोछे, खेन्पो साङ्गे राङ्ज्युङ रिन्पोछे आदिको सहभागी रहेका थिए ।

आचार्य सार्की शेर्पा,


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने। खेन्पो साङग्या राङज्युङ रिन्पोछे पुन: अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा 'गोपरमा' नेपाल बौद्ध महासंघका तेस्रो अधिबेशन हालै एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बौद्ध स्थित हायत रिजेन्सी