About Us

नेपाल बौद्ध ञिङमा संघ

भगवान बुद्धको परिनिर्वाण पछि चौथो शताब्दीमा भोट हिमालय क्षेत्रमा बौद्ध धर्मको प्रवेश भएको थियो । त्यसपछि सातौं शताब्दीमा सोङ्चेन गम्पोले नेपालका राजा अंशुवर्माकी छोरीलाई आफ्नो रानी बनाई भोट र हिमालय क्षेत्रमा बौद्ध धर्मको ब्यापक प्रचार गर्नु भयो । वहा“ले आफ्नो मन्त्री थोन्मी संभोटलाई नेपाल र भारतमा बुद्ध धर्म र भाषाको अध्ययन पठाए । अध्ययन पूरा गरे पछि भोटमा फर्किएर भोट लिपीको आविष्कार गर्नुको साथै आर्य अवलोकेश्वरको २१ वटा सुत्र र तन्त्र आदि ग्रन्थको अनुवाद गर्नु भएको थियो । त्यसपछिको ५औ राजा ठिसोङको देउचेनको पालामा नेपालमा रहेका गुरु पद्या संभाव, भारतमा रहेका गुरु खेन्पो शान्त रक्षित र विमाला मित्र लगायत १०८ जना पण्डितहरुलाई निमन्त्रण गरी बौद्ध धर्मको अनुवाद तथा व्यापक प्रचार प्रसार गर्नु भयो । Read More