News & Events

पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न

5th Annual नेपाल बौद्ध ञिङमा संघको आयोजनामा विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल, विश्व सम्पदामा सूचिकृत काठमाण्डौ, बौद्धनाथ, छोर्तेन ज्यरुङ खशोरमा गत पौष १६ गते शुक्लपक्ष दशमीका दिन शुरु भएको पाँच दिने वार्षिक मोन्लाम मन्त्र पाठ कार्यक्रम आज पुर्णिमाका दिन विशेष पूजाका साथ सुसम्पन्न भएको छ ।
नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथमा यो कार्यक्रम आयोजना गर्दै आएको छ । शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धिको साथै बौद्ध तीर्थ स्थलहरुको प्रचारप्रसार तथा धार्मिक, सांस्कृतिक महत्वलाई अक्षुण राख्न यो मन्त्र पाठ मोन्लाम कार्यक्रम आयोजना गरिएको थियो ।
दैनिक विहान ७ः३० देखि अपह्रान ४ बजेसम्म हुने पाठपूजा कार्यक्रममा व्यक्तिगत स्वार्थ र खुशीको सानो परिधिबाट माथि उठेर समस्त प्राणीहरुको सुख, शान्ति र संवृद्धिको कामना गर्दै सामूहिक रुपमा बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक उपसिकाहरुले लाया बद्ध रुपमा मोन्लाम मन्त्र पाठ गरिरहेको थियो । यस प्रकारको मन्त्र पाठ मोन्लाम कार्यक्रमले नेपालमा दिगो शान्ति स्थापना, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनले राष्ट्रको अर्थतन्त्रलाई समेत ठूलो टेवा पुगेको छ ।
मोन्लाममा सहभागी सबैलाई चिया, नस्ता र खानाको राम्रो व्यावस्था गरिएको थियो । सरसफाईदेखि लिएर मोन्लाममा उपस्थित श्रद्धालु भक्तजनहरुलाई चिया, नस्ता, खाना आदि वितरण कार्यमा विभिन्न संघ–संस्थाका स्वयं सेवाहरुले निस्वार्थ रुपमा साथ दिई रहेको थियो ।
उक्त पाठपूजा मोन्लम कार्यक्रममा विशिष्ठ धर्म गुरु परम श्रद्धेय खेन्चे याङ्सी रिन्पोछे, परम पूज्य मुक्साङ टुक्लु रिन्पोछे, परम पूज्य नम्खा रिन्पोछे, परम पूज्य तेङबोछे रिन्पोछे, परम पूज्य पेमा थरछिन रिन्पोछे, परम पूज्य खेन्पो साङ्गे राङ्ज्युङ रिन्पोछे आदिको साथै नेपालमा रहेका विभिन्न जिल्लका गोन्पाहरुबाट हजारौं बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिकाहरुको साथै उपसक, उपसिकाहरुको व्यापक उपस्थिति रहेको थियो । रिन्पोछेहरुको दर्शनको लागि विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरुको व्यापक उपस्थिति रहेको थियो । विहानदेखि नै रिन्पोछेहरुको दर्शन गर्न पाएकोमा उपस्थित सबै खुशी थिए ।
मोन्लाम पूजा कार्यक्रमको अन्तमा नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष परम श्रद्धेय खेन्पो साङ्ग्ये राङ्ज्युङ रिन्पोछेज्यूले मोन्लाम कार्यत्रम सफलता पूर्ण सम्पन्न भएकोमा मोन्लाममा पाल्नुहुने विशेष अतिथि, अतिथि र सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । धन्यवाद व्यक्त गर्नुहुने क्रममा अध्यक्षज्यूले विगतका वर्षहरुमा नेपाल बौद्ध ञिङमा संघले नेपालको दुर्गम क्षेत्रमा रहेका ञिङमा गोन्पा विद्यालयहरुलाई गोन्पा शिक्षाको पाठ्यपुस्तक खरिद गरी निःशुल्क रुपमा वितरण गरिएको र भविष्यमा पनि सहयोग लक्ष्य रहेको कुरा राख्नु भयो । यस वर्षको मोन्लाम पूजामा भविष्यमा सबै जिल्लामा सहज रुपमा सम्पर्क गर्नका लागि ञिङमा गोन्पाहरुलाई नेपाल बौद्ध ञिङमा संघमा दर्ता गराई प्रमाण–पत्र समेत वितरण गराएको बताउनु भयो ।

 


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने। खेन्पो साङग्या राङज्युङ रिन्पोछे पुन: अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा 'गोपरमा' नेपाल बौद्ध महासंघका तेस्रो अधिबेशन हालै एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बौद्ध स्थित हायत रिजेन्सी