About Us

नेपाल बौद्ध ञिङमा संघ

भगवान बुद्धको परिनिर्वाण पश्चात् चौथौँ शताब्दीमा भोट हिमालय क्षेत्रमा बौद्ध धर्मको प्रवेश भएको थियो । त्यसपछि सातौँ शताब्दीमा सोङ्चेन गोन्पोले नेपालका राजा अंशुवर्माकी छोरीलाई आफ्नो रानी बनाई भोट र हिमालय क्षेत्रमा बौद्ध धर्मको व्यापक प्रचार गर्नु भयो । उहाँले आफ्नो मन्त्री थोन्मी संभोटलाई नेपाल र भारतमा बुद्ध धर्म र भाषाको अध्ययन पठाए । अध्ययन पूरा गरी फर्किएर पछि भोट लिपीको आविष्कार गर्नुको साथै आर्य अवलोकेश्वरको २१ ओटा सूत्र र तन्त्र आदि ग्रन्थको अनुवाद गर्नु भएको थियो । त्यसपछिको ३८ औँ राजा ठिसोङको देउचेनको पालामा आचार्य गुरु पद्म संभाव, शान्त रक्षित र विमाला मित्र लगायत १०८ जना पण्डितहरूलाई निमन्त्रणा गरी बौद्ध धर्मको अनुवाद तथा व्यापक प्रचार प्रसार गर्नु भएको थियो । Read More