About Us

नेपाल बौद्ध ञिङमा संघको परिचय ।

भगवान बुद्धको परिनिर्वाण पछि चौथो शताब्दीमा भोट हिमालय क्षेत्रमा बौद्ध धर्मको प्रवेश भएको थियो । त्यसपछि सातौं शताब्दीमा सोङ्चेन गम्पोले नेपालका राजा अंशुवर्माकी छोरीलाई आफ्नो रानी बनाई भोट र हिमालय क्षेत्रमा बौद्ध धर्मको ब्यापक प्रचार गर्नु भयो । वहा“ले आफ्नो मन्त्री थोन्मी संभोटलाई नेपाल र भारतमा बुद्ध धर्म र भाषाको अध्ययन पठाए । अध्ययन पूरा गरे पछि भोटमा फर्किएर भोट लिपीको आविष्कार गर्नुको साथै आर्य अवलोकेश्वरको २१ वटा सुत्र र तन्त्र आदि ग्रन्थको अनुवाद गर्नु भएको थियो । त्यसपछिको ५औ राजा ठिसोङको देउचेनको पालामा नेपालमा रहेका गुरु पद्या संभाव, भारतमा रहेका गुरु खेन्पो शान्त रक्षित र विमाला मित्र लगायत १०८ जना पण्डितहरुलाई निमन्त्रण गरी बौद्ध धर्मको अनुवाद तथा व्यापक प्रचार प्रसार गर्नु भयो ।
त्यसबेला अनुवाद गरिएको कन्ग्युर १०८ (बुद्ध वचन अनुवाद) तेन्ग्युर २१३ (शास्त्र अनुवाद) र गुरु रिन्पोक्षेले दिनुभएको सम्पूर्ण उपदेश तथा नेपाली सिद्धि प्राप्त गुरु हुंकारा लगायत ८० जना सिद्धि प्राप्त गुरुहरुले दिनु भएको उपदेश, त्यसैगरी गुरु पद्मा संभावले नेपालको हेलम्बु, हलेसी, सोलुखुम्बु, फर्पिङ साथै सिक्किम, भुटान, तिब्बत आदि हिमालय क्षेत्रमा भूमि, वायु, खोलानाला, आकाश आदि स्थानमा लुकाएर राखिएको धर्म निधिहरु, काय निधिको रुपमा ५ काय प्रतिनिधिहरु । वाक निधिमा सुत्र र बज्रयानको तन्त्र धर्म । चित्त निधिमा स्तुपा र गंभीर भावना निधि आदि । द्रव्य निधिमा मेन्डुव् (प्रसाद) अमृतहरु इत्यादि भविष्यका प्राणीहरुको निम्ति राखिएको थियो ।
त्यसपछि गुरु रिन्पोक्षेले भविष्यवाणी गरे अनुसार वहा“को निर्माणकाय र वहा“को आशिर्वाद प्राप्त भएको गुरु निधिपतिहरु (तेरतोन) ले गुह्य स्थानबाट निकालेर समस्त प्राणीहरु समक्ष पु¥याई प्राणीहरुलाई हित र सुख प्रदान गरिने बज्रयान धर्म र सोङचेन राजाको मन्त्री तथा अनुवादक थोन्मी संभोट देखी भारतको महापण्डित आचार्य स्मृति ज्ञानको निर्माणकाय रोङ्सोम महापण्डितको समय सम्म अनुवाद गरिएको प्रचिन धर्मको श्रवाण चिन्तन र मनन गर्नेलाई ञिङमापा सम्प्रदाय भनिन्छ ।

यो प्राचिन धर्मलाई व्यापक रुपमा फैलाउन तथा नेपालमा रहेका बौद्ध ञिङमापाहरु बिच एकरुपता ल्याउनका निमित्त तथा नेपाली बौद्ध विद्यार्थीहरुका समस्य समाधान गर्न र विश्वव्यापी रुपमा फैलिदै गएको हिंसा, विकृति विसंगतिहरुलाई हटाउनको साथै मानवीय आधारमा परोपकारी कार्य गरी बौद्ध धर्मको हक हित र संस्कृतिको संरक्षण, सम्वद्र्धन, सुधार तथा सामजिक आर्थिक क्षेत्रमा नेपाल सरकार स““ग सहकार्य गरी अघि बढाउन वि.सं. २०५८ सालमा नेपालको विभिन्न भागमा छरिएर बसेका बौद्ध ञिङमापाहरु बिच छलफल गरी एउटा ञिङमा धर्मिक संस्थाको आवश्यकत रहेको महसुस गरें । उक्त समयमा विभिन्न कारणवाट हामीले यो संस्थालाई दर्ता गर्ने अवसरबाट वञ्चित रहनु परेको थियो । तर वि.सं. २०६० सालको गहन छलफल पछि २०६१ सालमा भने नेपाल बौद्ध ञिङमा सघंको गठन गरी जिल्ल प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भएको सबैलाई सर्ब विदितै छ ।
नेपाल बौद्ध ञिङमा संघले गरेको र गरिरहेको समाजिक सेवाहरु ।

१) बुद्ध जयन्ती समितिले अयोजन गरेको बुद्ध जयन्तीको अवसारमा खेन्पो
ङवाङ थेग्क्षोग र डा. युला शेर्पाले प्रवचन गरेको छ ।
२) प्राणी हित र देशमा सुख शन्तिको लागि मांसिक रुपमा गुरु पद्या संभावको पुण्य तिथिको अवसरमा छेच्यु पूजा गरिरहेको छ ।
३) नेपालमा बौद्ध शासन स्थिर राख्नको लागि नेपाल बौद्ध ञिङमा सघंको पहलमा सबै बौद्धहरुको छाता संगठनको रुपमा नेपाल बौद्ध महासघं स्थापना गरी खेन्पो ग्युर्मे छुल्ठिम लाई अध्यक्ष र आचार्य नोर्बु शेर्पालाई सचिब पदमा नियुक्त गरि त्यसको माध्यमबाट गुम्बा शिक्षालाई मन्याता दिलाउनको लागि र बौद्ध स“ग सम्बन्धित सबै क्षेत्रमा बौद्ध बिज्ञको नियुक्ति गराउनको लागि सम्बन्धित मन्त्रलयहरुमा प्रतिनिधि मण्डल (डेलिगेशन) जाने क्रम जारी रहेको छ ।
४) ञिङमाको प्रतिनिधि गरेर नेपाल बौद्ध ञिङमा सघंले गुम्बा शिक्षाको पाठय क्रम निर्माण कार्य गरी रहेकमे छ ।
५) मिति २०६३ जेष्ठ १७ गते बौद्धमा धर्म निरपेक्षता एवं समाबेसीकरण बिषयको कार्यक्रम गरियो ।
६) मिति २०६४ साल सहोर छैटौं महिनको दशमीमा बौद्ध घ्यङ गुठी गुरु ल्हखाङमा योल्मो पसाङ तेम्पा लामा तथा शन्ति बिद्यालयको प्रयोजक र नेपाल बौद्ध ञिङमा सघंको अयोजनमा शिबिर कार्यक्रम सञ्चलन गरियो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक खेन्पो साङगे राङज्युङ रिन्पोक्षे रहेको थियो ।
७) शेर्पा सेवा केन्द्रले गत बर्ष बाडी पिडितमा परेका हरुलाई अर्थिक नेपाल बौद्ध ञिङमा सघंको उपध्यक्ष तथा पल्युल उर्गेन दोर्जे क्षोलिङ गुम्बाको प्रध्यापक सेङडक टुल्कुलाई प्रबचनको लागि अ गत बर्ष बाडी पिडितमा परेका हरुलाई अर्थिक
८) मिति २०६५ साल भदौ महिनमा ललितपुरको २८ गा.बि.स. को लामाहरुलाई बौद्ध धर्ममा त्रीरत्न सम्बन्धि नोर्बु शेर्पा बाट प्रशिक्षण दिएको थियो ।
९) मिति २०६५ साल असोज १३ गते देखि १५ गते सम्म काठमण्डौ ललितपुरको २८ गा.बि.स. को लामाहरुलाई बौद्ध दर्शन सम्बन्धि प्रशिक्षण दिएको थियो । उक्त कार्यक्रमाको उद्घाटन गुम्बा ब्यबस्थ तथा बिकास समितिको अध्यक्ष खेन्पो ङवाङ वोसेर बाट भएको थियो भने खेन्पो ङवाङ थेग्क्षोग, खेन्पो ङिमा लामा, र नोर्बु शेर्पा बाट प्रशिक्षण दिएको थियो र अन्तमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षे ज्यु बाट दिर्घायु अभिषेक प्रदान गरि सम्पन्न गरियो ।

१०) नेपाल बौद्ध ञिङमा सघंले गत बर्ष बाडी पिडितमा परेका हरुलाई अर्थिक सहयोग स्वरुप रुः ५३,००० (त्रिपन्न हजार रुपैया“) सहयोग गरेका र यस वर्ष पनि कोशी डुवनमा परेकाहरुलाई अर्थिक सहयोग स्वरुप रुः २०,००० (विस हजार रुपैया“) सहयोग गरेको छ । यसरी समग्र रुपमा शैक्षिक, समजिक, अर्थिक क्षेत्रमा सेवा गर्दै आएको जनकारी यहा“हरु समक्ष अवगत गराउदछौ । यो सबै कार्यहरु सफलता पूर्वक सफल गराउनमा दाता (जिन्दग) हरुको ठुलो योगदानको कदार गर्दै दाताहरु सबैलाई हार्दिक धन्यबाद दिन चहान्छु ।

 

नेपाल बौद्ध ञिङमा सघंको आगामि दिनमा गर्ने कार्य योजनाहरु

१. विभिन्न स्थानमा रहेको ञिङमा सम्प्रदायको गुम्बामा शिक्षको आवश्यकता
भएको ठाउहरुमा शिक्षक पठाउने व्यवस्था गर्ने ।
२. जिर्नाे अवस्थमा रहेका गुम्बाहरुमा आबश्यकत अनुसार सहयोग गर्ने ।
३. केही बर्ष भित्रमा ञिङमापाको बिश्व बिद्यालय स्थापन गर्ने ।
४. गुम्बा शिक्षालाई रज्यवाट मान्यत दिलाउनको लागि गुम्बा शिक्षाको
पठ्यक्रम तयर गर्नुको साथै पुरानो गुम्बाहरुमा स्कुल संचालन गर्नको
निमित्त पहल गर्ने ।
५. बौद्ध पुस्तकालय स्थापना गर्ने ।
६. बौद्ध धर्म तथा दर्शन सम्बन्धि अनुसन्धान केन्द्र स्थापना गर्ने ।
७. बौद्ध धर्म तथा दर्शन सम्बन्धि अध्ययन गर्न चाहाने गृहस्थिहरुलाई खेन्पो
ज्यूहरु द्धारा पाठपूजा आदिको बिषयमा अभ्यास गराईने ।

यस्तै प्रकारको समजिक सुधारको कार्यहरु निरन्तर रुपमा जारी रहने छ । बुद्धभूमि नेपालमा बौद्ध शासनलाई वचाई राख्नको निमित्त ञिङमापाहरुको महत्व पूर्ण योगदान रहेको र ञिङमापाहरुलाई अझ क्रियशिल बनाउनका लागि ञिङमा सघं अबश्यकता भएको हु“दा यस सघंलाई शसक्त र समृद्ध वनाउने जिम्मेवारी हामी सबैको का“धमा रहेको छ । तसर्थ यह“ाहरुको सहयोगको अपेक्षा गर्दछौ ।