News & Events

विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न

5th Annual काठमाडौं माग–१
गत पुस २६ गते शुरू भएकोे पाँचौं नेपाल बौद्ध ञिङमा मोन्लम आज पुर्णिमाको दिन विशेष पूजाका साथ सुसम्पन्न भएको छ । बौद्धहरूको महान् तीर्थस्थल बौद्धनाथ (छोर्तेन च्यरूङ खशोर) आयोजना गरिएको उक्त मोन्लम कार्यक्रममा विभिन्न जिल्लामा रहेका गोन्पाहरूबाट श्रमणेर श्रमेणेरिका, भिक्षु संघ र बौद्ध समाजका सम्मानित परम पुज्य खेन्चे याङसी रिन्पोछे, परम पुज्य छोक्लिङ रिन्पोछे, परम पुज्य नम्खा रिन्पोछे, परम पुज्य जोङनाङ याङसी रिन्पोछे, परम पुज्य खेन्पो रिग्जीन रिन्पोछे, परम पुज्य टुल्कु पेमा थरछिन रिन्पोछे, परम पुज्य ङावाङ तेन्जीन साङ्पो रिन्पोछे, परम पुज्य खेन्पो साङ्गे रङ्ज्युङ रिन्पोछे ज्यूहरूको उपस्थिति रहेका थिए ।


बुद्धको जन्मभूमि नेपाललगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धि फैलाउन, नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचारप्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि मोन्लम आयोजना गरिएको थियो । दैनिक दिन हुने मोन्लम पाठपूजामा महायाना बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मन्जुश्री नाम सांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिएको थियो ।

मोन्लम कार्यक्रममा शेर्पा मातृ ठोमा समूह, शेर्पा सेवा केन्द्र, शान्ति विद्यालय, डोल्पो किदुक ङ्याम्डेल यार्गे छोक्पा, छोरङान महिला समाज, रोल्वालिङ समीटर्स क्लब, नेपाल ह्योल्मो महिला संघ, गार्मा शेर्वा किदुग, च्यरूङ खशोर युल्तेङ शेर्पा युवा क्लब, पिके गेलेक दार्गेलिङ्ग छोक्पा, शेर्पा युवा क्लब, छोर्तेन टासी तामाङ गोन्पा, यम्बु ठामीछो किदुक, ह्योल्मो नोर्छोक संघ, ईन्द्रेणी समाज सेवा, ईन्द्रेणी महिला समूह, बुद्ध समाज सेवा केन्द्र, आन्नदपूर एकता महिला समूह, मुपुङ शेर्पा छोक्पा, टाकर्मा दुरदर्शी समूह, ङग्युर ञिङमा पाल्युल छोलिङ्ग छोक्पा, खान्डो छोक्पा, ओलाङचुङ गोला समाज, धर्म क्षोलिङ्ग समाज, जुभिङ्ग शेर्पा किदुग आदि संघ संस्थाहरूले निस्वार्थ भावनाले स्वयं सेवकको रूपमा दैनिक सहयोग गर्नु भएको थियो । उक्त स्वयं सेवक संघ संस्थाहरूलाई पुस ३० गतेका दिन परम पुज्य दिल्गो खेन्चे याङसी रिन्पोछे ज्यूबाट कदर–पत्र र नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष ज्यूबाट खादा लगाई धन्यवाद दिनुभएको थियो ।
नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष खेन्पो साङ्गे राङज्युङ रिन्पोछे ज्यूबाट मोन्लम कार्यक्रममा प्रमुख अमन्त्रित व्यक्तित्व परम पुज्य खेन्चे याङसी रिन्पोछे ज्यूलाई मन्डल कुसुम चडाउनु भई धन्यवाद व्यक्त गर्नु भएको थियो । अन्तमा संघका महासचिव खेन्पो ङवाङ लुडुपले मोन्लम कार्यक्रममा उपस्थित भई मोन्लम कार्यक्रममालाई सफल पार्नु हुने उपस्थित सम्पूर्ण रिन्पोछे, श्रमणेर श्रमेणेरिका, भिक्षु संघ, मोन्लम कार्यक्रममा दैनिक रूपमा सहयोग गर्नु हुने स्वयं सेवक, सुरक्षकर्मी, पत्रकार मित्रहरू सबैलाई धन्यवाद दिनु भएको थियो ।

 


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने। खेन्पो साङग्या राङज्युङ रिन्पोछे पुन: अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा 'गोपरमा' नेपाल बौद्ध महासंघका तेस्रो अधिबेशन हालै एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बौद्ध स्थित हायत रिजेन्सी